नेपालगन्ज — कोरोना संक्रमण तीव्र भएपछि नेपालगन्ज उपमहानगरपालिकाले आगामी आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बिहीबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले अत्यावश्यकबाहेकका पसल तथा व्यवसाय पनि कम्तीमा एक साता बन्द गर्ने, सीमा–नाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणमा कडाइ गर्ने निर्णय पनि गरेको छ ।
कोरोना संक्रमण फैलिरहेका बेला जिल्लाका सरकारी तथा संस्थागत ९बोर्डिङ स्कुल० निर्बाध रूपमा सञ्चालन भएपछि बन्द गर्न चौतर्फी रूपमा दबाब बढेको थियो । भेरी अस्पतालका अनुसार कोरोना भाइरसका नयाँ संक्रमितमा धेरैजसो शिक्षक, विद्यार्थी र अभिभावक छन् ।
पछिल्लोपटक नेपालगन्जमा शिक्षक र विद्यार्थी गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।




