नेपालगञ्ज । कोरोनाको संक्रमण बढेसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबारदेखि लागू हुने गरि एक हप्ता शैक्षिक संस्था बन्द गर्न उपमहानगरपालिकाले बिहीवार निर्णय गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका विपद् ब्यवस्थापन समितिको बसेको बैठकले एक साताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।
बाँकेमा बुधवार मात्रै एकैदिन १२३ जना नयाँ संक्रमित थपिएको छन् ।
एकाएक संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिका भित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।




