शिक्षा / स्वास्थ्य

वीरपुर स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–६ वीरपुर स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालन भएको छ । केन्द्र सञ्चालनमा आएपछि वडा नम्बर ६, ७, ८ र १० का गर्भवतीहरु छोटो समयमै स्वास्थ्य संस्थामा पुग्न सक्ने छन् ।

नगर प्रमुख नेत्रराज अधिकारीले प्रसूति सेवा सञ्चालनमा आएसँगै यस क्षेत्रका गर्भवतीहरु प्रसूति गराउन बाहिर जानुपर्ने बाध्यता हटेको बताए । नगर उपप्रमुख शिवकुमारी थारुले नगरका सबै गर्भवतीलाई प्रसूति सेवा केन्द्रबाट सेवा लिन आग्रह गरिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *