बुटवल । अर्थमन्त्री पदसँग बुटवलको राजधानी साटेको भन्दै विष्णु पौडेललाई कांग्रेस कार्यकर्ताले कालोझन्डा देखाएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिवसमेत रहेका अर्थमन्त्री पौडेललाई बुधबार बिहान नेपाली कांग्रेस निकट विद्यार्थी र युवा संगठनले बुटवलको पुरानो बसपार्क (नेपालगञ्जरोड)मा कालोझण्डा देखाउँदै सडकमा नाराबाजीसमेत गरेका थिए ।
लुम्बिनी प्रदेश राजधानी तोकिएपछि पहिलोपटक गृहजिल्ला रुपन्देही आइपुगेका अर्थमन्त्री पौडेललाई कांग्रेस कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए । पौडेल दुई दिन रुपन्देहीका विविध कार्यक्रममा सहभागी हुन आएका छन् । पौडेल नेकपाको सचिवालय बैठक बस्ने दिन काठमाडौं जानेछन् ।




