लुम्बिनी प्रदेश

ओली र देउवाबीचको भेट सामान्य, कांग्रेस सत्ता साझेदार हुँदैन : महत

काठमाडौं । सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेको र सत्ता साझेदारमा छलफल गरेको भनेर नेपाली कांग्रेसभित्र विवाद बढेका बेला पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महतले दुई नेताको भेट सामान्य भएको प्रतिक्रिया दिएका छन् ।

ओली र देउवाको भेटलाई सत्ता साझेदारीका लागि कुरा भएको भनेर प्रचार भएको भन्दै उनले यसलाई धेरै ब्याख्या गर्नुपर्ने आवश्यक नरहेको बताए। ‘कांग्रेस अहिले नै सत्ता साझेदारमा जाँदैन,’ नेपाल प्रेस युनियन कपिलवस्तुले सोमबार तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले भने ।

प्रधानमन्त्री ओलीले देउवालाई संवैधानिक निकायमा पदपूर्तिलगातयका विषयमा छलफल भएको नेता महतले दाबी गरे । उनले अहिलेको सरकार भ्रष्टाचारमा डुबेको पार्टीकै अध्यक्ष प्रचण्डले नै राजनीतिक प्रतिबेदन पेस गरेर प्रमाणित गरेकाले यस्तो सरकारमा कांग्रेस सहभागी हुनुको अर्थ नरहेको बताए ।

ओली र देउवाबीचको भेटघाटपछि सरकारमा कांग्रेस सहभागी हुन लागेको भन्दै पार्टीभित्र हल्ला चलाइएपछि आइतबार नै प्रवक्ता विश्वप्रकाश शर्माले भ्रममा नपर्न आग्रह गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *