काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गतेबाट सञ्चालनमा आउने भएको छ।
आइतबार बसेको नागरिक उड्ड्यन प्राधिकरण सञ्चालक समितिको बैठकले विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
साढे दुइकिलोमिटर लामो र र ४५ मिटर चौडाइको धावनमार्ग रहेको विमानस्थलले वार्षिक १० लाखसम्म यात्रुलाई सेवा दिन सक्ने बताइएको छ।




