तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ ।
टिकटक बनाउने बहानामा रक गार्डेनबाट सेती नदीमा खसेकी युवती मृत अवस्थामा फेला परेकी हुन् ।
१९ वर्षीया पवित्रा लम्सालको शव भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको हो ।
विवाह भएको पाँच दिनमा माइत आएकी उनी साथीहरुसँग घुम्ने क्रममा रक गार्डेनमा पुगेकी थिइन् ।




