पर्यटन

फेवाताल पुगेर डाक्टर भट्टराईले भने– अर्थतन्त्र चौपट भयो

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग घेटवार्ता गर्न पोखरा पुगेका जसपा अध्यक्ष डाक्टर वावुराम भट्टराईले कोरोनाका कारण पोखराको अर्थतन्त्र चौपट भएको बताएका छन् ।

श्रीमती हिसिलासहित पोखरा पुगेका अध्यक्ष भट्टराईले मंगलबार राती फेवातालमा पुगेको फोटो राख्दै फेसबुकमा भनेका छन्,‘अरू बेला घुँइचो लाग्ने सुनसान फेवाताल किनार ! कोभिड–१९ को बन्दाबन्दीले पर्यटन आश्रित पोखराको अर्थतन्त्र चौपट ! साना व्यवसायी र श्रमिकको अवस्था कल्पनातीत ! राज्य र नीतिनिर्माताहरू कति संवेदनशील ?’

यसअघि उनले मंगलबारै गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग भेटवार्ता गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *