गण्डकी प्रदेश

गण्डकी प्रदेशमा ७,८९२ लाई खोप लगाइयो

गण्डकी । गण्डकी प्रदेशमा आजसम्म ७ हजार ८ सय ९२ लाई कोभिडविरुद्धको खोप लगाइएको छ । स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउनेको कुल लक्ष्य १७ हजार ३ सय ९६ मध्ये ४५.३७ प्रतिशत प्रगति भएको छ ।

यस अवधिमा कोरोनाविरुद्धको खोप लगाइसकेपछि कुनैपनि जटिल अवस्थाको अवाञ्छित घटनाहरु नभएको उनले जानकारी दिए ।

कास्कीमा ३ हजार २ सय २६, गोरखामा ५ सय १७, तनहुँमा ५ सय ४८, नवलपुरमा ६ सय, पर्वतमा ४ सय ७६, बागलुङमा ६ सय २६, मनाङमा १ सय १०, मुस्ताङमा १ सय ६, म्याग्दीमा ३ सय १२, लमजुङमा ७ सय ८४, स्याङ्जामा ५ सय ८७ जनालाई खोप लगाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *