कास्की । पछिल्लो केही दिनयता नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । संक्रमितको संख्या घटे पनि मृत्युदर बढेको हो ।
यसैक्रममा आइतबार पोखरामा चारजना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीनजना र चरक अस्पतालमा एकजनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले दिएको जानकारीअनुसार ज्यान गुमाउने तीनजना पुरुष र एक महिला छन् । ज्यान गुमाउनेमा ६५, ५१ र ६७ वर्षका पुरुष तथा ५७ वर्षीया महिला छन् ।




