मुख्य समाचार

आँबुखैरेनीमा बस दुर्घटना, २० जना घाइते

तनहुँ । तनहुँको आँबुखैरेनीमा बस दुर्घटना भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–३ खहरेमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँ छ ।

उक्त दुर्घटनामा परी २० जना घाइते भएका छन् । १७ जना बसका हुन् भने ३ जना (बच्चासहित) स्कुटरमा सवार व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको लु२ख ८८३ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको ना २५ प ५२५४ नम्बरको स्कुटर दुर्घटना भएको हो ।

घाइते मध्ये २ जनालाई चितवन मेडिकल कलेज र एक जनालाई पोखरा पठाईएको प्रहरीले जनाएको छ । अन्य आँबुखैरेनीको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *