काठमाडौं । प्रदेश प्रहरी कार्यालय, प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण भएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआईजी कार्कीलाई मंगलबार कोरोना संक्रमण देखिएको सो कार्यालयले जनाएको छ ।
विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुइँकेलका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षणमा कार्कीलाई कोरोना संक्रमण देखिएको हो । यसअघि गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्याललाई पनि कोरोना संक्रमण देखिएको छ ।




