बागमती प्रदेश

काठमाडौँ महानगरले सरकारले स्वीकृत गरेको पाठ्यक्रम अध्यापन नगराउने विद्यालयलाई कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरले पालिकाले सरकारले स्वीकृत गरेका पाठ्यक्रम अध्यन अध्यापन नगराए कारबाही गर्ने चेतावनी दिदैं सरकारले स्वकिृत गरेका पाठ्यपुस्तक पठनपाठन गर्न आग्रह गरको छ । महानगर पालिकाले केही विद्यालयमा विना स्वीकृत पाठ्यपुस्तक पढाएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले पाठ्यक्रम विकास केन्द्र सानोठिमीले स्वीकृत गरेका पुस्तक अध्ययन गराउन आग्रह गरेका छन्। ‘केही विद्यालयले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गरेको र पाठ्यपुस्तक किन्नका लागि विद्यार्थीलाई बाध्य गरेको गुनासोप्रति काठमाडौं महानगरको ध्यानकर्षण भएको छ,’ सबै विद्यालयलाई पठाएको पत्रमा भनिएको छ,‘नेपाल सरकारबाट स्वीकृत र पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत भएका पाठ्यपुस्तक मात्र पठनपाठनको व्यवस्था गर्न सूचित गरिन्छ।’ विद्यालयले अंग्रेजी ब्याकरण तथा अंग्रेजी शब्दकोषका लागि बाहिरका पुस्तक पठन पाठन गराउन सक्ने छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *