मुख्य समाचार

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारी विभागीय प्रमुख सरुवा विवादमा

काठमाडौं। हाजिर भएको १० दिन नवित्दै काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी विवादमा तानिएका छन । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले निर्वाचन आचासंहिता छल्दै आर्थिक लाभ लिएर दुई वटा महाशाखा प्रमुख सरुवा गरको कर्मचारी बृत्तमा चर्चा छ । समाचार स्रोतका अनुसार अधिकारीलाई विभागीय प्रमुख सरुवा गर्दा आर्थिक चलखेल गरेको आरोप लागेको छ । विश्वस्त स्रोतका अनुसार उनले शहरी बिकास विभाग, पूर्वाधार विकास विभाग र प्रशासनिक विभाग प्रमुखको सरुवामा आर्थिक बार्गेनिङ गरिरहेको दाबी छ ।


स्थानीयमा हुदा नेपाल भरका प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दा करोडौं रकम उठाएर मन्त्रीलाई बुझाउन खप्पीस पात्रका रुपमा उनी मिडियामा छाएका थिए । अधिकारी चिप्ला कुरा गरेर कर्मचारीलाई कुनै पनि बाहानाको डर त्रास देखाई काबुमाल्याउन माहिर भएको कर्मचारीरुह बताउछन ।


महानगरमा अधिकारीले कांग्रेस निकट कमचारीहरुलाई कर्नरमा परेर भोलीका दिनमा कांग्रेसले काम नै गर्न नसक्ने अवस्थाको सृजना गर्न खोज्दैछन् । त्यसका अलवा अधिकारी एमाले कर्मचारीको घेरा बन्दीमा मेयर बालेनलाई राखेर सूचनाको चुहावट गर्ने र विस्तारै मेयरलाई कामनै गर्न नदिने रणनीतिमा छन् । त्यसको पछिल्लो उदाहरण विभिन्न अदालतमा ८७ वटा मुद्दा परेकोमा ८५ वटामा अन्तरीम मजारी भएको छ । यी मुद्दाको प्रतिनिधित्व काठमाडौं महानगरपालिकामा एमाले समर्थित कर्मचारीले गर्ने गर्दछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *