मुख्य समाचार

नगरबासीलाई नियमित शुद्ध खानेपानी आपूर्ति गराउन नगर प्रमुख खत्रीले लिए अग्रसरता

भक्तपुर । चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीले नगरबासीलाई शुद्ध खानेपानी नियमित आपूर्ति गराउने विषयमा सरोकारवाल पक्षसँग छलफल गरेका छन । अल्पकालीन र दीर्घकालीन रुपमा चाँगुनारायबासीलाई शुद्ध खानेपानी नियमित आपूर्ति गराउने विषयमा नगर प्रमुख खत्रीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र खानेपानी कार्यालय भक्तपुरको टोलीसँग छलफल गरेका हुन ।


नगर प्रमुख खत्रीको कार्यकक्षमा केयुकेएल र खानेपानी कार्यालयको टिमसँग अल्पकालिन र दीर्घकालिन कार्ययोजनालाई मुर्तरुप दिने विषयमा छलफल भएको नगरपालिका श्रोतले जनाएको छ । नगरबासीलाई नियमित शुद्ध खानेपानी उपलब्ध गराउने नगर प्रमुखको प्राथमिकता भित्र छ । घर घरमा शुद्ध खानेपानी नियमित रुपमा उपलब्ध गराउन उद्देश्य लिएर अघि बढेका मेयर खत्रीे अल्पकालिन र दीर्घकालीन रणनीति निर्माणमा जुटेका छन ।


केयुकेएल र भक्तपुर खानेपानीको प्राविधिक टिमले नगरपालिकाको खानेपानीको आवस्थाका बारेमा स्थलगत निरिक्षण गरी खानेपानी क्षेत्रका समस्या र सुधारका बिषयमा अल्पकालित र दीर्घकालीन योजना बनाई खानेपानी सेवा नियमित र व्यवस्थित बनाउने विषयमा छलफल केन्द्रित भएको थियो ।
महादेव खोला बहुउद्देश्यीय परियोजनाको डिपीआर निर्माण गर्ने, मेलम्ची खानेपानी चाँगुबासिलाई खुवाउने,चाँगु र दुवाकोट लिफ्टिङ खानेपानीको योजनाको कमलाई प्रभावकारी रुपमा यथाशीघ्र अगाडि बढाउने विषयमा छलफल भएको नगरपालिका स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *