काठमाडौं । चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेका छन । नगर प्रमुख खत्रीले आइतबार प्राधिकरणमै पुगेर कार्यकारी निर्देशकसँग घेटघाट गरेका हुन ।
नगर प्रमखु खत्रीले चाँगुनारायण क्षेत्रभित्रका धार्मिक तथा पर्यटकीय सडकमा सडक बत्तिको व्यवस्था मिलाउन कार्यकारी निर्देशक घिसिङलाई आग्रह गरेका छन । अव्यवस्थित तारले जोखिम र नगरको कुरुपता बडेको भन्दा नगर प्रमुख खत्रीले अव्यवस्थित तारलाई अन्डरग्राउण्ड गर्न समेत आग्रह गरेका छन ।
नगर प्रमुख खत्रीको आग्रहलाई कार्यकारी निर्देशक घिसिङले सकारात्मक रुपमा लिएको बताएका छन ।




