मुख्य समाचार

मेयर खत्रीकाे नेतृत्वमा कार्यपालिका टिमले गर्‍याे नगरकाेट भट्टेडाँडा बसपार्कको अनुगमन

भक्तपुर । चाँगुनारायणका नगर प्रमुख खत्रीसहित नगर कार्यपालिकाको टिमले निर्माणधिन नगरकोट भट्टेडाँडा बसपार्कको अनुगमन गरेका छ। नगर प्रमुख खत्रीसहित नगर कार्यपालिका टिमले बसपार्क निर्माण स्थाल चाँगुनारायण ६ नगरकोटमा पुगेर स्थलगत अनुगमन गरेका हाे ।

पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय र चाँगुनारायण नगरपालिकाको लागत सहभागीतामा नगरकोट भट्टेडाँडा बसपार्क संग्राहलय निर्माणाधिन अवस्थामा छ । २०७८ साउँन २५ गते सम्झौक्ता भएको बहुवर्से आयोजना २०७९ मंसिर २५ गते निर्माण व्यवसायीले सम्पन्न गर्नुपर्ने छ । रु‍ ६ करोड ९९ लाख ३३ हजार आयोजनाको कुल लागत रहेको बसपार्कको पाँच करोड ७ लाख ७२ हजारमा निर्माण कम्पनी ए.एल.इज वेल जेभीले सम्झौक्ता गरेको छ ।

निर्माणधिन वसपार्क सञ्चालनमा निर्माण व्यवसायीले हस्तान्तरण गरेपछि चाँगुनारायण नगरपालिकाले सञ्चालन गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *