भक्तपुर।चाँगुनाराण नगरपालिका प्रमुख जीवन खत्रीले डिप बोरिङको शिलन्यास गरेका छन । नगर प्रमुख खत्रीले चाँगुनारायण ५ मा तेस्रो डिप बोरिङको शिलन्यास गरेका हुन ।
शिलन्यास कार्यक्रममा चाँगुनारायण ५ को सेतावपिमा थापागाउँ खानेपानी तथा सरसफाई समितिका अध्यक्ष भाइराजा,समितिका पदाधिकारी तथा सदस्य र स्थानीयबासीको व्यापक उपस्थिति थियो ।
शिलन्यास कार्यक्रममा चाँगुनारायणबासीका प्रत्येक घरमा शुद्द खानेपानी उपलब्ध गराउन आफू प्रतिवद्ध रहेको नगर प्रमुख खत्रीले बताए ।





