मुख्य समाचार

नगर प्रमुख खत्रीद्वारा फैढोकामा बृक्षारोपण

भक्तपुर । चाँगुनारायण नगर नगर प्रमुख जीवन खत्रीले वृक्षारोपण गरेका छन । स्थानीय स्काउट कार्यालयको आयोजनामा चाँगुनारायण ९ फैढाेका आधारभूत विद्यालयमा नगर प्रमुख खत्रीले वृक्षारोपण गरेका हुन ।


स्थानीय स्काउट कार्यालय चाँगुनारायणले आयोजना गरेको वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खत्रीले वृक्षारोपणले विद्यालयको शौन्दर्यता र पर्यावरणीय सन्तुलनमा सघाउ पुग्ने बताए ।


विद्यार्थीहरुको बृत्ति विकास,सिर्जनात्मक र रचनात्मक कार्यमा समाहित हुँदै आएको स्काउटको नगर प्रमुख खत्रीले खुलेर प्रशंसा गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *