मुख्य समाचार

चाँगुनारायणमा कोपोमिस तालिम सम्पन्न

भक्तपुर।चाँगुनारायण नगरपालिकाकले सहकारी संस्था व्यवस्थापक र कर्मचारीहरुका लागि ‘कोपोमिस’ सम्वन्धी क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ । आज बिहान चाँगुनारायण नगरपालिकमा सहकारी संस्था व्यवस्थापक र कर्मचारीहरुका लागि ‘कोपोमिस’ सम्वन्धी क्षमता विकास कार्यक्रम सम्पन्न भएको हो ।


नगर प्रमुख जीवन खत्रीलको प्रमुख आतिथ्यतमा सम्पन्न भएको ‘कोपोमिस’ सम्वन्धी क्षमता विकास कार्यक्रम कार्यक्रममा सहकारी संस्था व्यवस्थापक र कर्मचारीहरुको उपस्थिति थियो । सहकारीहरूको सूचना प्रणालीमा एकरूपता ल्याउन, सूचना एककृत गर्न, संश्लेषण तथा विश्लेषण गर्न, तथ्याङ्क अभिलेख र सहकारीहरूलाइ नियमन गर्नको लागि कोपोमिस सावित हुने मेयर खत्रीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *