मुख्य समाचार

चाँगुनारायणमा पाँच दिवसीय मनोसामाजिक परामर्श तालिम सुभारम्भ

काठमाडौं । चाँगुुनारायण नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका लागि मनोसामाजिक परामर्श तालिम सुभारम्भ गरेको छ । पाँच दिनसम्म चल्ने मनोसामाजिक परामर्श तालिमको आजबाट सुभारम्भ भएको हो ।


अपाङ्गता भएका व्यक्तिका लागि मनोसामाजिक परामर्श तालिमको उद्घाटन नगरप्रमुख जीवन खत्रीले गरेका हुन । अपांगता भएका व्यक्तिहरुका लागि नगरपालिकाले सुरक्षित र सम्मानित जीवन जिउने आधारशीला खडा गर्ने नगर प्रमुख खत्रीले बताए ।


अपांगहरुको हक हित संरक्षण, नगरबाट दिइने सेवा सुविधामा सहुलियत, क्षमता अभिवृद्धिका कार्यक्रम, रोजगारी सिर्जना र सुरक्षित आवसको व्यवस्था सहित सम्मानित जीवन जीउने वातावरणको सिर्जना गर्न आफू सदैव प्रतिवद्ध रहेको नगर प्रमख खत्रीले बताए ।
तीन दर्जनभन्दा बढिले सहभागीता जनाउने मनोसामाजिक परामर्श तालिम असार १६ गतेसम्म चल्ने छ ।




 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *