भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार निर्माणका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताएका छन । मनोहरा आधारभूत विद्यालय बेसी, दुवाकोटमा शैक्षिक शत्र २०७८ को पुरस्कार वितरण तथा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख खत्रीले शैक्षिक गुणस्तर र भौतिक स्तरोन्नतिकका लागि नगरपालिकाले सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका हुन ।
शिक्षा नीति र खर्चको परिपार्टी परिवर्तन गरेर भएपनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक र भौतिक स्तरोन्नति गर्न आफू पछि नपर्ने नगर प्रमुख खत्रीले बताए । शिक्षाको पवित्र मन्दिर विद्यालयको वातावरण स्वच्छ, शान्तर र विद्यार्थीमैत्री बनाएर सामुदायिक विद्यालयप्रतिको भरोसा बढाउन मेयर खत्रीले आग्रह समेत गरे । विद्यालय र नगरपालिकाबीचको सम्वन्ध नङ र मासुको जस्तो भएको पनि उनले उल्लेख गरे । आदर्श समाज निर्माणमा शिक्षाको भूमिका महत्वपूर्ण रहेने मेयर खत्रीको धारणा राखे ।
कार्यक्रममा उपप्रमुख रमेश बुढाथोकी, वडा नम्बर १ का वडाध्यक्ष सिजन कार्की, विद्यालय व्यवस्थापन समितिक, शिक्षक,अभिभावक र विद्यार्थीहरुको सहभागीता थियो ।





