भक्तपुर। चाँगुनारायण नगरपालिकाको प्रवक्ताको जिम्मेवारी जनक खत्रीले पाएका छन । वडा नम्बर ८ का वडाध्यक्ष खत्रीले नगरपालिकाको प्रवक्ताको जिम्मेवारी पाएका हुन ।
नगर कार्यपालिकाको पहिलो बैठकले प्रखर युवा वडाध्यक्ष खत्रीलाई नगरपालिकाको प्रवक्ता चयन गरिएको मेयर जीवन खत्रीले जानकारी दिए ।
नवनियुक्त प्रवक्ता खत्रीले नगरपालिकाको सम्पूर्ण गतिविधि नगरबासीलाई सहज रुपमा प्रवाह गरी पालिकाप्रति नगरबासीको अपनत्व बढाउन अहं भूमिका खेल्ने बताए ।




