भक्तपुर । चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान गरेका छन । गणतन्त्र दिवसको अवसरमा जानकी प्रसाद कुईँकेल स्मृति प्रतिष्ठानले प्रजातान्त्रिक योद्धा जानकी प्रसाद कुईँकेलको सम्झनामा रक्तदान कार्यक्रम गरेको हो ।

चागुनारायण मन्दिरको परिषरमा भएको बृहत खुल्ला रक्तदान कर्याक्रममा मेयर खत्रीले प्रजातान्त्रिक योद्धा स्व.जानकी प्रसाद कुईँकेलको तस्वीरमा माल्र्यापर्ण गरेर रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि मेयर खत्रीले रक्तदानमा सहभागीलाई प्रसंशा–पत्र समेत वितरण गरेका थिए ।





