बागमती प्रदेश

श्रीराम श्रेष्ठको संयोजकत्वमा नुवाकोट कांग्रेसले गर्‍याे अनुशासन समिति गठन

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटले जिल्ला सचिव श्रीराम श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय जिल्ला अनुशासन समिति गठन गरेको छ । शुक्रबार बसेको जिल्ला कार्यसमिति बैठकले नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार श्रेष्ठको संयोजकत्वमा जिल्ला अनुशासन समिति गठन गरेको हो ।


श्रेष्ठको संयोजकत्वमा गठित अनुशासन समितिमा नवराज घिमिरे र सीता तामाङ सदस्य छन ।


पार्टीको उम्मेदवारले कुनै सदस्य वा पार्टीको निकायले प्रत्यक्ष वा परोक्ष रुपमा पार्टी वा उम्मेदवारका हित विपरित काम गरेको,निष्कृय बसेको वा अन्य उम्मेदवारलाई सहयोग हुने कार्य गरेको देखिएमा जिल्ला अनुशासन समितिले त्यस्ता सदस्यलाई तत्काल सम्झाउने,चेतावनी दिने, नमानेमा सदस्यता निलम्वन गरि सोको जानकारी प्रदेश र केन्द्रीय अनुशासन समितिलाई दिने वैधानिक व्यवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *