काठमाडौं।मकवानपुर कांग्रेसको जिल्ला अधिवेशन नजिकिएसँगै पदाधिकारी र सदस्यहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन । नेपाल विद्यार्थी संघको राजनीतिबाट पार्टी राजनीतिमा उदाएका ओम बहादुर बस्नेतले खस आर्यतर्फबाट जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन । बस्नेतले संस्थापन पक्षका सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको प्यानलबाट जिल्ला सदस्य लड्ने घोषणा गरेका हुन ।
कांग्रेस राजनीतिमा लामो समयदेखि त्याग र संघर्ष गर्दै आएका जुझारु लोकप्रिय युवा नेता बस्नेतका पक्षमा चुनावी महोल शसक्त बन्दै गएको छ । केन्द्रदेखि जिल्ला, क्षेत्र, नगर, गाउँ र वाडासम्मका नेता तथा कार्यकर्तासँग सुमधुर सम्वन्ध बनाएका बस्नेत सशक्त पार्टी संगठन निर्माणमा आफू सदैव क्रियाशील रहने बताउँछन ।
२०५१ सालमा शारदा मावि आमभञ्ज्याङको नेविसंघ इकाई सभापतिबाट सक्रिय राजनीतिक यात्रा सुरु गरेका बस्नेत नेविसंघ बानेश्वर क्याम्पस इकाई समितिको सदस्य हुँदै २०५४ सालमा सोही क्याम्पसको स्ववियू उपसभापति निर्वाचित भए । २०५७ सालमा वानेश्वर क्याम्पसको स्ववियू सभापतिका प्रत्यासी बनेका बस्नेत २०६६ सालमा नेविसंघको केन्द्रीय सदस्य बने । त्यसपछि २०७२ मा उनी मकवानपुर कांग्रेसको क्षेत्रीय सदस्य र २०७३ मा क्षेत्रीय सचिवको जिम्मेवारी निर्वाह गरे । बस्नेतले राजनीति र समाजसेवालाई एकसाथ अघि बढाउदै आएका छन ।





