प्रदेश

चितवनमा नक्कली पिसीआर रिपोर्ट बनाउने दुई हेल्थ असिस्टेन्ट पक्राउ

काठमाडौं । चितवनमा नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जना स्वास्थ्य सहायक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीस कोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट)२८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अस्पतालमा उपचारका लागि आएका बिरामीको नमूना सङ्कलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरूलाई यही माघ २५ गते पक्राउ गरी आज सार्वजनिक गरिएको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई लिखत सम्बन्धी कसुरमा जिल्ला अदालतमार्फत म्याद थप गरी अनुसन्धान सुरु गरिएको सूचना अधिकारीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *