मुख्य समाचार

बाग्मती प्रदेश सरकार विस्तार, ५ मन्त्री र एक राज्यमन्त्री थपिए

काठमाडौं । बाग्मती प्रदेश सरकारमा ५ मन्त्री र एक राज्यमन्त्री थप भएको छ ।

मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका हुन्। मुख्यमन्त्री पाण्डेले नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट तीन र नेकपा एकिकृत समाजवादीबाट २ मन्त्री र एक राज्यमन्त्री थप भएका हुन् ।

माओवादीबाट घनश्याम दाहाल लाई श्रम, रोगजार तथा यातायात, विशाल खड्कालाई वन तथा वातावरण र रत्नप्रसाद ढकाललार्य युवा तथा खेलकुदमन्त्री भएका हुन् ।

नेकपा एकीकृत समाजवादीबाट बसन्त मानन्धरलाई खानेपानी, उर्जा तथा सिंचाई र बसुन्धरा हुँमागाईलाई कृषि तथा पशुपंक्षी मन्त्री नियुक्त गरेका हुन् । नेकपा एकीकृत समाजवादीकी ईन्द्रमाया गुरूङलाई कृषि तथा पशुपंक्षी राज्यमन्त्री बनाइएको छ।

उनीहरु सबैले सपथ ग्रहण समेत गरेका छन् । मन्त्रीपरिषद् विस्तार भएसँगै वाग्मती प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *