मुख्य समाचार

कांग्रेस अधिवेशन : बाग्मतीमा मतगणना शुरु

काठमाडौं । नेपाली काँग्रेसको बाग्मतीमा भएको प्रदेश अधिवेशनअन्तर्गतको मतदानको मतगणना शुरु भएको छ ।

बेलुका ५ बजे मतदना सकिएपछि सबै प्रक्रिया पुरा गरेर केहीबेर अघि मतगणना शुरु भएको हो । निर्वाचन समितिका अनुसार बाग्मतीमा २०२५ मत खसेको छ ।

शनिबार भएको मतदानमा कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रोपटक मतदान भएको हो । पहिलो चरणमा संस्थापन पक्षबाट इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए ।

पहिलो चरणको मतगणनामा तेस्रो भएका भिमसेनदास प्रधानले इन्द्र वानियालाई समर्थन गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *