काठमाडौं । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ भक्तपुरले नवनियुक्त बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेललाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्ने भएको छ । क्षेत्रीय कार्यसमितिले कार्तिक १५ गते सोमबार मन्त्री भडेललाई बधाई तथा शुभकामना कार्यक्रम राख्ने भएको हो । समितिले सोमबार विहान साढे सात बजे भक्तपुर बैंकेट कालोपाटीमा बधाई तथा शुभकामना राखेको जानकारी क्षेत्रीय सभापति जीवन खत्रीले दिए ।
क्षेत्रीय सभापति खत्रीले बधाई तथा शुभकामना कार्यक्रममा पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि,वडा कार्यसमिति, नगर समिति,प्रदेशसभा क्षेत्रीय कार्यसमिति,क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, महाधिवेशन÷महासमिति सदस्यका साथै पार्टीका जिम्मेवार नेता, कार्यकर्ता शुभचिन्तक, भ्रातृ तथा सुभेच्छुक संस्थामा अवद्ध सबैलाई निमन्त्रणाका लागि अनुरोध गरेका छन ।
शनिवार भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा र क्षेत्रीय सभापति जीवन खत्रीको नेतृत्वमा नेपाली कांग्रेसका नेता कार्यकर्ताको विसाल सहभागीतामा मन्त्री भडेललाई पार्टी कार्यालयबाट उनको निजि निवास चागुनारायणसम्म पु¥याइएको थियो ।
नेपाली कांग्रेसका नेता भडेल भक्तपुर क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका हुन । बागमती प्रदेशको सत्ता समिकरणपछि भडेल भौतिक पूर्वाधार निर्माण मन्त्री नियुक्त भएका हुन । उनी बागमती प्रदेशको कांग्रेस संसदीय दलका उपनेता समेत हुन । भडेलकै नेतृत्वमा बागमती प्रदेशमा कांग्रेस सरकारमा गएको हो ।




