मुख्य समाचार

भक्तपुर कांग्रेसद्वारा नवनियुक्त भौतिक मन्त्री भडेलको भव्य स्वागत,पार्टी कार्यालयबाट र्‍यालीसहित निवास पुर्‍याइयो

काठमाडौं।बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलको भक्तपुरमा भव्य स्वागत गरिएको छ । शनिवार बिहान नवनियुक्त मन्त्री भडेललाई नेपाली कांग्रेस भक्तपुरको पार्टी कार्यालय जयनेपाल चोक इटापाटबाट भब्य स्वागत गरेर र्‍यालीसहित उनको निजि निवास चागुनायणसम्म पु्र्‍याइएको हो ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा र भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्रीको नेतृत्वमा मन्त्री भडेललाई पार्टीका नेता कार्यकर्ताको व्यापक उपस्थितिमा र्‍यालीसहित निजि निवास चागुनारायण पुर्‍याइएको थियो । र्‍यालीमा जिल्ला, क्षेत्र, प्रदेशसभ, नगर कार्यसमिति, वडा कार्यसमितिका नेता कार्यकर्ता र शुभचिन्तकहरुको ब्यापक उपस्थिति थियो ।

बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेललाई संस्थागत रुपमा नै कांग्रेसले स्वागत गरेको क्षेत्रीय सभापति खत्रीले बताए । अन्यत्र कांग्रेस आन्तरिक द्वन्द्वमा फसिरहेका बेला भक्तपुर कांग्रेसले एकता र उच्च राजनीतिक सस्कार देखाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *