काठमाडौं । काठमाडौंको फोहोर उठ्ने भएको छ ।
काठमाडौंको फोहर व्यवस्था गर्ने गरिएको नुवाकोटका स्थानीय निकाय र काठमाडौं महानगरपालिकाका बिचमा सहमति भएपछि फोहर व्यवस्थापन हुने भएको हो ।
फोहरको सवारी गुड्ने सडक तीनपिप्ले–सिसडोल तत्काल ग्राभेल र कालोपत्रेका लागि टेण्डर प्रक्रियामा जाने, फोहोर ढुवानी गाडीहरुको लिचेड बक्सको व्यवस्था गर्ने पार्किङ गर्न र ओभरलोड ढुवानी गर्न नपाउने सम्झौतामा उल्लेख गरिएको छ ।
यसअघि मंगलबार बसेको महानगरपालिकाले प्रमुख जिल्ला अधिकारी लगाएतसँग छलफल गरेको थियो ।




