काठमाडौं । सरकारले माधवकुमार नेपाल निकटका यादव चन्द्र शर्मालाई वाग्मती प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई वाग्मती प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय हो ।
यसअघि केपी ओली नेतृत्वको सरकारले वाग्मती प्रदेशमा नियुक्त गरेका विष्णुप्रसाद प्रसाईलाई हटाएर देउवा सरकारले प्रस्तावित नेकपा एमाले (समाजवादी) पार्टी अध्यक्ष माधवकुमार नेपाल निकट शर्मालाई वाग्मती प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि लुम्बिनि र गण्डकी प्रदेशको प्रदेश प्रमुख समेत सरकारले हेरफेर गरेको थियो ।




