काठमाण्डाैं। नेपालमा काेराेना भाइरसकाे नयाँ भेरियन्ट भेटिएकाे छ। स्वास्थ्य मन्त्रालयले मंगलवार जारी गरेकाे वक्तब्यमा नयाँ भेरियन्टलाइ कप्पा भेरियन्ट भनेर नामाकरण गरेकाे छ।
स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा.समिरमणि अधिकारीले हस्ताक्षर गरेर जारी गरेकाे वक्तब्यमा नयाँ भेरियन्ट सहित तिन वटा भेरियन्ट सक्रिय रहेकाे जनाइएकाे छ।
सरकारले गत असार ३० गते देशकाे विभिन्न स्थानबाट ४७ वटा नमुना संकलन गरि विश्व स्वास्थ्य संगठनकाे नेपालस्थित कार्यालय तथा दक्षिणपुर्व एशिया कार्यालयकाे सहयाेग र समवन्वयमा भारतकाे नयाँ दिल्लिमा नमुना परिक्षणकाे लागि पठाएकाे थियाे । यसपरिक्षणबाट नेपालमा ३ वटा भेरियन्ट रहेकाे पुष्टि भएकाे छ।
स्वास्थ्य मन्त्रालयले यी तिन वटै भेरियन्ट वढी संक्रमक,सवै उमेर समुहका ब्यक्तिलाइ असर पार्ने खालकाे भएकाे जनाएकाे छ।
संक्रमणकाे खतरा र यसबाट हुन सक्ने असरलाइ ख्याल गरि जनस्वास्थ्यकाे मापदण्ड अपनाउन र थप सजग हुन सरकारले अपिल गरेकेा छ।




