रामेछाप । रामेछाप नगरपालिकाको आयोजनामा तीन दिने मनोपरामर्श तालिम सम्पन्न भएकाे छ । कोरोनाको प्रकोपले समुदायमा पारेको मनोसामाजिक असरलाई मध्यनजर गर्दै नगरपालिका भित्रका अगुवा महिला , महिला स्वास्थ्यकर्मी तथा महिला जनप्रतिनिधिहरुका लागि कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै रामेछाप नगरपालिकाका उपमेयर सृजना खड्काले कोरोनाको महामारीले समुदायमा मनोसामाजिक समस्यामा वृद्धि आएको र मानशिक स्वास्थ्यकाे क्षेत्रमा पनि कार्यक्रमहरु अगाडि बढाउनु अति जरुरी देखिएकाले अहिलेको असहज अवस्थामा पनि सामाजिक दूरि कायम गर्दै मनोपरामर्श तालिमको कार्यक्रम राख्नु परेको बताइन ।
मनोसामाजिक परामर्शका कार्यक्रमहरु आगामी दिनहरुमा नगरपालिकाका सबै वडाहरुमा संचालन गर्ने प्रतिबद्धता पनि जनाइन। तीन दिनसम्म स तालिमको सहजिकरण मनोविद् गोपाल ढकालले गरेका थिए ।




