काठमाडौं । काठमाडौं महानगरपालिकाका उप–प्रमुख हरिप्रभा खड्गीले स्थानीय सरकार नेपाली कांग्रेसको जरा भएकाले स्थानीय तहमा कांग्रेसलाई बलियो बनाउन जोड दिइन ।
नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागको वागमति प्रदेश स्तरिय समन्वय वैठकमा स्थानीय तहमा जनतासंग भिजेका पार्टीका नेता कार्यकर्तालाई टिकट दिनु पर्ने उनको सुझाव थियो । स्थानीय तहमा दर्विलो प्रतिनिधित्व भएमात्र संघ र केन्द्र सरकारमा कांग्रेसको दर्विलो उपस्थिति हुने उनको धारणा थियो ।
उपप्रमुखलाई बजेटको अधिकार दिने विषय पार्टीमा बहस हुनु पर्नेमा उनले जोड दिइन । कांग्रेसले काठमाडौं आगामी निर्वाचनमा घोषण पत्रमार्फत महानगरपालिकामा रणनीतिक योजना अघि सर्नु पर्ने उनले जोड दिइन ।
महानगरपालिकाको कांग्रेसका तर्फबाट नेतृत्व गर्दै आएकी उपप्रमुख खड्गीले महानगरको मुहार फर्न महत्वपूर्ण भूमिका खेलेको बताइन । पर्यटन प्रवद्र्धनको विकासमा काठमाडौं महानगरपालिकको ध्यान केन्द्रित हुनु पार्ने विषयमा जोड दिइन ।
उप–प्रमुख खड्गीले काठमाडौं महानगरपालिकामा मेट्रो रेल र माेनो रेलभन्दा फ्लाई ओभर उपयुक्त हुने धारणा राखेकी छन ।




