काठमाडौं । नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलका उप–नेता कृष्णलाल भडेलले आफ्नो निर्वाचन क्षेत्र अन्तरगतका विकास योजनाको अनुगमन गरेका छन । उनीसहित कांग्रेस नेताहरुले आर्थिक वर्ष २०७७-०७८ को ‘प्रदेश पूर्वाधार विकास कोष’ अन्तर्गत वजेट विनियोजन गरिएका योजनाहरुको अनुगमन तथा निरिक्षण गरेका हुन ।
संसदीय दलका उप–नेता भडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्री, कांग्रेस नेता शंकर गौतम, स्थानीय युवा नेता राजकुमार खड्का, टेकबहादुर क्षेत्रीलगायतका कांग्रेस नेताहरुले चाँगुनारायण नगरपालिका वडा नम्बर ९ का ताथली, गिरी टोल, हैंसा पल्लानिङ्ग र राउत टोलका विकास योजनाको अनुगमन तथा निरिक्षण गरेको संसद कृष्णलाल भडेलका स्वकीय सचिव समुन्द्र थापाले जानकारी दिए । उक्त विकास योजनामा उप–नेता भडेलले ‘प्रदेश पूर्वाधार विकास कोष’को ६८ लाख वरावर वजेट विनियोजन गरेका थिए ।

अनुगमनका क्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्रीले नेपाली कांग्रेस पार्टी सदैव जनताको सुख दुखको सारथी भएकाले कांग्रेस सदैव नगरवासीको माझ रहेन बताए । सस्तो लोकप्रियतामा, झुटा आश्वासन बाढ्ने भन्दा काम गरेर देखाउने पार्टी कांग्रेस भएकाले कांग्रेसले जे भन्छ त्यहि गर्छ ,जे गर्छ त्यहि भन्छ सभापति खत्रीले थपे सबै अट्ने देश,सबैलाई जोड्ने कांग्रेस हाम्रो अभियान हो ।
अनुगमनका क्रममा संसदीय दलका उप–नेता भडेलले आफ्नो निर्वाचन क्षेत्रको मुहार फेर्न आफू लागि परेको बताए । स्थानीय बासीको समेत अर्थपूर्ण सहभागीता रहेको कार्यक्रममा भडेलले आफूले थालेको विकास योजना निर्धारित समयमा सम्पन्न गर्ने जनाए ।





