नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक काम गरिराखेकोले नयाँ सरकार बनाउने गृहकार्य गर्नुपरेको बताएका छन्।
आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै सिंहले कांग्रेस पाँच वर्ष प्रतिपक्षमा बस्न तयार भए पनि ओली नेतृत्वको सरकार भ्रष्टाचारमा डुबेको र असंवैधानिक काम गरेकाले नया सरकार बनाउनुपरेका बताए ।
साथै उनले पार्टी महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरण र नवीकरणका काम समयमै हुनुपर्ने बताएका छन्। विधि र प्रक्रिया अनुसार महाधिवेशन हुनुपर्ने उनको भनाइ छ।




