काठमाडौं । गत वर्ष कोरोना महामारीका कारण वितरण हुन नसकेको विभूषण आगामी चैत २७ गते वितरण गरिने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको विभूषण समितिको बैठकले गत वर्ष ४५० जनालाई वितरण हुन नसकेको विभूषण सो वितरण गर्ने निर्णय गरेको गृह मन्त्रालयकाे बिज्ञप्तीमा जनाइएकाे छ ।
०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार ०७६ असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण प्रदान गर्ने घोषणा भएपनि सुशोभन कार्यक्रम हुन सकेको थिएन।
राष्ट्रपतिबाट मानपदवीमध्ये महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी–२, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी–७, उज्ज्वल र्कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी–१, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी–९ लगायत वितरण गरिन लागिएको हो ।




