प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन फिर्ता लिए आफ्नो राजीनामा आउने बताएका छन्।
शनिबार १६५ वटै निर्वाचन क्षेत्रको रणनीतिक सडक विस्तार शुभारम्भ कार्यक्रममा बोल्दै समर्थन फिर्ता लिए राजीनामा आउने बताए।
प्रधानमन्त्री केपी ओलीले आफूलाई बहुत स्थापित र राष्ट्रको सबैभन्दा लोकप्रिय तथा बढी बिक्ने अखबारले राजीनामा माग्ने समाचारलाई प्राथमिकता दिएको भन्दै कटाक्ष गर्दा यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ वटा सडकको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित विशेष समारोहमार्फत १६५ वटै संघीय निर्वाचन क्षेत्रमा सडक शिलान्यास गरेका हुन् ।
हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले स्वीच थिचेर एकैपटक १६५ वटा सडक निर्माणको शुभारम्भ गरेका हुन् । गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गरेका थिए ।
सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।
यो वर्ष सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ । बहुवर्षीय ठेक्का अन्तर्गत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० र वातावरणीय अध्ययन तयार भएको छैन ।




