बागमती प्रदेश

हावाहुरीले रुख ढल्दा पृथ्वीरामार्ग अवरुद्ध

दमौली। पृथ्वीराजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रिठेपानीमा रुख ढल्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । आज दिउँसो आएको हावाहुरीसहितको वर्षाले रुख ढाल्दा राजमार्ग अवरुद्ध भएको हो ।    
    
 साना सवारी सञ्चालन भए पनि ठूला सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए । रुख पन्छाएर राजमार्ग सञ्चालन गराउनका लागि बेलचौताराबाट एस्काभेटर मगाइएको र करीब आधा घण्टामा राजमार्ग सञ्चालन हुने उनले जानकारी दिए।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *