शिक्षा / स्वास्थ्य

मकवानपुरमा १० जना मात्रै सक्रिय कोरोना सङ्क्रमित

मकवानपुर । मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन न्यून हुँदै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । प्राप्त जानकारीअनुसार मकवानपुरमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र रहेको बताइएको छ ।

मकवानपुरमा कोरोना पुष्टि भएका तीन हजार ८ सय ७५ मध्ये तीन हजार ८ सय ३३ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भइसकेका छन् । सङ्क्रमित सबै हेटौंडाका रहेको र होम आइसोलेसनमा उपचारतमा बसेको सो कार्यालयले जनाएको छ ।

कारोना सङ्क्रमण सुरु भएको ११ महिनामा मकवानपुरमा हालसम्म कोरोना सङ्क्रमणबाट ३२ जनाको मृत्यु भइसकेको छ । साथै एक हजार २ सय १९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको बताइएको छ । उक्त कार्यालयकाअनुसार यही माघ १४ गतेदेखि सुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियानको आठौँ दिनसम्ममा एक हजार २ सय १९ जनाले सो खोप लगाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *