काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका ६ छहरेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ४० जनाभन्द बढीले रक्तदान गरेका थिए ।
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतमा सम्पन्न रक्तदान कार्यक्रमको संयोजन खेलकुद विभागका केन्द्रीय सदस्य राजु कडेलले गरेका थिए ।

रक्तदान जीवन दान भएको धारणा राख्दै प्रमुख अतिथि डा. महतले रक्तदान कार्यक्रमलाई अझ व्यापक बनाउनु पर्नेमा जोड दिए । रगत अभावका कारण ठूला ठूला शाल्यक्रिया रोकिएको भन्दै डा. महतले यस किसिमका रक्तदान कार्यक्रमले विरामिलाई ठूलो सहयोग पुग्ने बताए ।
कोरोना महामारीको समयमा रगत अभाव हुन नदिन नेपाली कांग्रेसको खेलकुद विभागले देशव्यापी रक्तदान कार्यक्रम गर्दै आएको छ ।




