बागमती प्रदेश

मकवानपुरगढीमा अस्पताल शिलान्यास

बागमती । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ६ डुम्रेकुनामा रु छ करोड पाँच लाख लागतमा निर्माण हुने अस्पताल भवनको शनिबार शिलान्यास गरिएको छ ।

पन्ध्र शय्याको सो भवनको निवर्तमान सांसद एवं नेकपाका केन्द्रीय सदस्य विरोध खतिवडाले शिलान्यास गरेका हुन् । भूकम्प प्रतिरोधात्मक एवं आधुनिक तरिकाबाट सो अस्पताल निर्माण हुने बताइएको छ ।

भवनमा डेढ दर्जनभन्दा बढी कोठालगायत भौतिक पूर्वाधार निर्माण हुनेछ । अस्पताल निर्माणपश्चात् सामान्य बिरामीलाई जिल्ला अस्पताल धाउने बाध्यता हटेने खतिवडाले बताए ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले गरिब, विपन्न तथा आर्थिक कमजोर भएका परिवारलाई स्थानीयस्तरबाट सरल र सहजरुपमा उपचारमा मद्दत पुग्नेछ भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *