चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गको नाग्दी खोला भन्ने स्थानमा बिहीबार बिहान पिकअप भ्यान दुर्घटना भएको छ ।
प्युठानबाट बिरामी लिएर काठमाडौंतर्फ गईरहेको लु१च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट ५०–६० मिटर तल त्रिशुली नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् ।
भ्यानमा चालकसहित दुई पुरुष र दुई महिला गरी चारजना सवार रहेको बताइएको छ । एक पुरुष पौडी खेलेर नदीबाट बाहिर निस्किएको र उनको भरतपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भ्यान र बेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ ।(




