मुख्य समाचार

पूर्व युवराज पारस अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । चितवनको होटलमा रहेका पूर्वयुवराज शाहको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकहरुले उपचार सुरु गरेका छन् ।

पहिलेदेखि मुटुमा समस्या रहेका शाहको छातीमा समस्या देखिएको छ । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेजमा लैजाने तयारी भएको छ ।

उनको उपचारमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहित पाँच जनाको टोली खटिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *