काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले ‘मनिषा कोइराला क्यान्सर एजुकेशन फन्ड’ को औपचारिक सुरुवात गरेकी छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच उक्त फन्डको घोषणा गरिएको हो ।
कार्यक्रममा फण्डका लागि मनिषालाई ५ लाखको चेकसमेत हस्तातरण गरिएको छ । अभियानको सुरु गर्दै मनिषाले पीडामा मद्दत गर्ने कार्यको सुरुवात गर्न लागेकोमा निकै गर्व अनुभूत गरिरहेको बताइन् ।
फन्डले क्यान्सरपीडित विद्यार्थीको पढाइमा सहयोग गर्नेछ । क्यान्सर पीडित विद्यार्थीका लागि विभिन्न शीर्षकमा फन्डबाट छात्रावृत्ति दिइने बताइएको छ । सुरुवात चरणमा ग्लोबल कलेज, ग्लोबल स्कुल, लिब्रटी कलेज तथा भ्याली भ्यू इङ्लिस स्कुल यस कार्यमा जोडिएका छन् ।




