बागमती प्रदेश

पूर्वमन्त्री बस्नेतद्वारा हेलम्वुका पहिराे पीडितलाई सहयाेग

काठमाडाै‌ं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव‌ं पूर्व सूचना तथा सञ्चार मन्त्री माेहन बहादुर बस्नेतले  हेलम्बु गाउँपालिका वडा नम्बर ५ बोल्देका पहिराे पीडितलाई राहत वितरण गरेका छन । 

अविरल वर्षा संगै गएको पहिरोबाट बाेल्देका   ५६ घर विस्थापित भएका छन् । प्राकृतिक विपत्ति  पीडित परिवारलाई  बस्नेतले सहयाेग जुटाएका हुन । उक्त सहयाेग ५६ परिवारलाई रु. ५ हजारका  दरले जम्मा २ लाख ८० हजार नगद र प्राथमिक उपचार बक्स हस्तान्तरण गरेका थिए । 

उक्त हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा लगायत पालिका उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यहरु र पीडित परिवारहरुको उपस्थिति थियो ।

हेलम्बु पुगेका नेता बस्नेतले काेराेना राेकथामका लागि गाउँपालिका प्रमुख निमा ग्याल्जेन शेर्पालाई आफ्नो तर्फबाट ४ हजार पिस KN95 मास्क समेत उपलब्ध गराए ।  पुर्व मन्त्री बस्नेतले जग्गा व्यवस्थापन भएमा घर बनाउनको लागि आफुले सके सम्मको सहयोग गर्ने बचन दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *