हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं भन्ने अभियान प्रभावकारी बन्दै
काठमाडौं। कोरोना भाइरसको महामारीले विश्व त्राहिमान बनेको छ । कोरोना भाइरसको महामारीका कारण नेपालमा रोगसंगै भोक विकराल बन्दै गएको छ । करिव ६ महिना लामो बन्दाबन्दीले हुदा खाने वर्गको चुलो चौको बल्न छोडेको छ । दैनिक ज्यालदारी गरेर रोजीरोटी गर्दै आएका मानिसहरु खान नपाउने अवस्थामा पुगेका छन ।
सहयोगी मनहरुको एकिकृत प्रयासमा मुलुकका विभिन्न स्थानमा निःशुल्क खाना खुवाउने,खाद्यन्न सहयोग गर्ने अभियान चलाईएको छ ।

बन्दाबन्दीका मारमा परेर खाद्यन्न अभाव भएका व्यक्तिहरुलाई लक्षित गरेर धापाखेल मैत्री समूह र ठुलो पँधेरो टोल बिकास संस्थाको संयुक्त आयोजनमा फुट बैंक सञ्चालन गरिएको छ । सोमबारबाट सञ्चालनमा ल्याइएको फुट बैंक विहान ८ बजेदेखि ९ बजेसम्म चल्ने संस्थाका अध्यक्ष कुमार बानियाँले जानकारी दिए । उक्त फुट बैंक ललितपुर महानगर २३ धापाखेलको देबस्थल मन्दिर समिति भवन परिसर स्थापना गरिएको छ ।
हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं भन्ने नाराका सथ सञ्चालन गरिएको फुट बैंक निकै प्रभावकारी देखिएको थियो ।

अभियानमा स्थानीय तह ,स्वास्थ्य निकाय,सुरक्षा निकाय,राजनीतिकर्मी,बुद्धिजीवी,समाजसेवी, टोल सुधार तथा शुभेच्छुक स्थानीय स्तरका संघ संस्थाहरुको उल्लेख्य उपस्थिति थियो । फुट बैंक सञ्चलनका लागि खाद्य सामाग्री तथा अन्य सहयोग गर्नुहुने सम्पूर्णलाई संस्थाका अध्यक्ष बानियाँले धन्यवाद प्रकट गरे ।
भोलि मंगलबार दोस्रो चरणको कार्यक्रम पुन : सोही स्थान र समयमा हुने अध्यक्ष बानियाँले जानकारी दिए ।






