काठमाडौं । हेलम्बु गाउँपालिकाको इचोक स्वास्थ्य चौकी(बर्थिङ सेण्टर)मा जन्मिएको शिशुको स्वास्थ्यमा समस्या आएपछि गाउँपालिकाले हवाइ एम्बुलेन्समा थप उपचारका लागि काठमाडौंको कान्ति अस्पताल पठाएको छ ।
आइतबार विहान ९ः ४५ बजे हेलम्बु गाउँपालिकाकी ३१ वर्षीया फूर्वा डोल्मा लामाले जन्माएको बच्चामा स्वास प्रश्वासको समस्य देखिएपछि थप उपचारका लागि इमरजेन्सी उद्दार गरी कान्ति अस्पतल पाठाइएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो शेर्पाले बताए ।
जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर दुई स्वास्थ्यकर्मीसहित सुत्केरी र उनको आफन्तलाई हवाइ एम्बुलेन्समा कान्ति अस्पताल पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालले जानकारी दिए ।
हेलम्बु गाउँपालिकाले इचोकमा सुविधासम्पन्न बर्थिङ सेण्टर निर्माण गरेको छ । गाउँपालिकाले विशेष सुविधा दिएका कारण वर्थिङ सेण्टरमा सुत्केरी हुन आउनेको गर्भवतीहरुको संख्या बढेको छ । गाउँपालिकाले बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाहरुलाई आकर्षक प्रोत्साहन भत्ता, निःशुल्क एम्बुलेन्स सुविध दिदै आएको छ ।





